नेपालमा थप ५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररत ५१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अनुसार आज २ हजार ४ सय बढि संक्रमितहरु थपिएका छन् । ३ हजार ४ सय बढि संक्रमण मुक्त भएका छन् ।




