कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचाररच ३४ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हाल ८७४ जनाको आइसियु र २५८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६६० जना निको भएका छन् ।




