पछिल्लो एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १–१ जनाको मृत्यु भएको हो ।
३० जेठ देखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।




