गण्डकी प्रदेशमा आज विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।
उनले प्रदेशसभामा आफुलाई विश्वासको मत प्राप्त हुने गतिलो आधार रहेको भन्दै शुक्रबार प्रदेश प्रमुख सिता कुमारी पौडेल समक्ष संविधान बमोजिम आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावा पेश गरेका थिए ।
विश्वासको मत नपाएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भैसकेका छन् । ओलिपथ पछ्याएका गुरुङको विकल्पमा विपक्षी गठबन्धनले नेपालीलाई अगाडी सारेको हो । उनलाई नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, राजमो र जसपा सहित एक स्वतन्त्र सांसद दिपक मनांगेको सर्मथन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार