गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले पनि विश्वासको मत लिने भएका छन् । सो प्रयोजनका लागि प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रको समर्थन फिर्ता र प्रदेशसभामा अविस्वासको प्रस्ताव दर्ताभएपछि मतदान अगावै राजिनामा दिई पुनः ठुलो दलको नेताका हैसियतले मुख्यमन्त्री बनेका गुरुङ्ले संवैधानिक प्रावधान अनुरुप विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री गुरुङले अव २७ जेठमा विश्वासको मत लिनेछन् । गण्डकी प्रदेशसभाको बजेट अधिवेसन पोखरामा सभागृहमा चलिरहेको छ ।




