गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न अस्पतालहरुमा उपचाररत १६ जनाले आज कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका हुन् ।
विवरण अनुसार कास्कीका ४ जना, नवलपुरका ४ जना, स्याङ्जाका ३ जना, तनहुँका २ जना, म्याग्दी, पर्वत र बाग्लुङ्का १–१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
यसैबिच आज २३१ जना महिला र २४२ जना पुरुष गरि ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार