कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उपचाररत संक्रमितहरु मध्ये आज ६८ जनाले ज्यान गुमाएका हुन् ।
हाल १ हजार ४९१ जनाको आइसियु र ४०४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभर सक्रिय संक्रमितहरुको संख्या १ लाख ४ हजार भन्दा धेरै रहेको छ ।
यसैबिच आज थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ८९८ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार