गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग डराउन नपर्ने बताएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा सरकारका तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
गण्डकी प्रदेश सरकार कुनैपनि संवैधानिक प्रक्रियाहरुबाट पन्छिने प्रयत्नमा नहरेको प्रवक्ता बस्नेतले बताए । उनले सरकार निषेधको राजनीतिको पक्षमा नरहेको उनले बताए । प्रदेशको विकासका लागि असल राजनीतिक संस्कार आवश्यक रहेको उनले बताए ।
प्रदेशको रुपान्तरण गर्दै प्रदेशलाई एक नम्बर बनाउन आफुहरु लागि परेको उनले बताए । अस्थिरताका हिमायतिहरुलाई जनताहरुले उपयुक्त समयमा मुल्याङ्कन गर्ने प्रवक्ता बस्नेतले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालैमात्र भएको एक घट्नाका सम्बन्धमा सत्य तथ्य बुझेर मात्र टिप्पणी गर्न उनले सचेत गराए ।
मुख्यमन्त्री आफ्नो स्वास्थ्यका कारण आज प्रदेशसभामा उपस्थित हुन नसकेको उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार