राष्ट्रिय जनमोर्चाकी प्रदशेसभा सदस्य पियारी थापाले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुसताको पराकाष्ठ बाहेक केही हुन नसक्ने तर्क गरिन् । ताजा जनादेशका नाममा सत्ता जोगाउने प्रधानमन्त्रीको गतिविधि विलकुल असंवैधानिक रहेको उनले बताईन् । प्रधानमन्त्री ओलीले राज्य सुझबुझका आधारमा नभई सनकका भरमा संचालन गरिरहेको उनले आरोप लगाईन् ।
प्रदेशसभा सदस्य थापाले ऋण खोजी खोजी चलाउनु पर्ने प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने माग गरिन् । नागरिकता विधेयक अध्यादेश मार्फत ल्याउनु सत्ता जोगाउने र सत्तासंगको सौदाबादीका रुपमा आएको भन्दै त्यसलाई तत्काल फिर्ता लिन उनले माग गरिन् ।
कोरोना महामारीका बेला चुनावको प्रपन्च रहेर जनतालाई भुलभुलैयामा पार्ने षडयन्त्र भैरहेको उनले उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार