अध्यादेश मार्फत बजेट प्रस्तुत गरि सरकारले पुनः संविधान उल्लघन गरेको विपक्षी गठबन्धनका नेताहरुले आरोप लगाएका छन् । संयुक्त विज्ञप्ती जारी गरि उनिहरुले यस्तो आरोप लगाएका हुन् ।
उनिहरुको विज्ञप्तीमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपतिसंग मिलिमतो गरि नेपालको संविधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरियो । प्रधानमन्त्रीद्धारा भैरहेको संविधानको उल्लघंन संघिय संघिय संसदमा प्रस्तुत हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ ।”
आफुहरुले प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विकल्प प्रधानमन्त्रीको दावी गरेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकर्वाही नगर्न उनहिरुले चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार