जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले अक्सिजनको अभावमा बिरामीहरुको ज्यान जानु दुखद रहेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले दावि गरेजस्तो अवस्था व्यवस्थापनमा नदेखिएका कारण बिरामीहरुले ज्यान गुमाउनु परेको उनले बताए । स्वास्थ्यका क्षेत्रमा हावि भएको माफियातन्त्रका कारण स्वास्थ्यमा गम्भिर असर परेको उनले बताए । केहिदिन अगाडी हाइफ्लो अक्जिनको अभावका कारण पोखरामा उपचाररत एक जना सुत्केरी सहित ८ जनाको ज्यान गएको थियो ।
संघ सरकारको बजेट सरकार जोगाउने हेलमेटको रुपमा आएको उनले टिप्पणी गरे ।




