नेकपा माओवादी केन्द्रका दलका नेता हरि बहादुर चुमानले कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनका सन्दर्भमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा बोल्दै उनले आरोप लगाएका हुन् ।
साथै उनले अहिलेको राष्ट्रिय राजनीतिक संकट ७ दशक लामो संघर्ष पश्चात प्राप्त जनताको लोकतान्त्रीक संधिानको हुर्मत लिने तर्फ उद्धत रहेको बताए । यसतर्फ सम्पुर्ण लोकतान्त्रीक शक्तिहरु सचेत हुदै एक ठाँउमा होमिन जरुरी रहेको उनले बताए ।
गण्डकी प्रदेश सरकारको पहिलो साँढे २ वर्षपछिको यात्रामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समेत लत्रिदै गएको उनले टिप्पणी गरे । प्रदेश सरकारको अधिकार वकालत गर्ने सवालमा मुख्यमन्त्री समेत शिथिल बनेपछि प्रदेशका अधिकारहरु पुर्ण रुपमा स्थापित गर्न नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार