कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ८ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै तनहुँका ४ जना, मुस्ताङका १ जना, पर्वतका १ जना, लमजुङ्का १ जना र बाग्लुङ्का जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ६६१ जनाको मृत्यु भएको छ । यसैबिच आज थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




