कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका १२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै तनहुँका ६ जना, स्याङ्जा र गोरखाका ३/३ जना, मुस्ताङ र पर्वतका २/२ नवलपुर र बाग्लुङका १/१ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ६२४ जनाको मृत्यु भएको छ ।




