कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १७ हजार ७७ रहेको छ । ति मध्ये १ हजार ६१७ जना आइसियु र ४३४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्रै नेपालमा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ७१६ जना निको भएका छन् ।




