सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई उसले सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । जसलाई नेकपा एमालेको समर्थन रहेको थियो । समर्थन फिर्तासंगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ ।




