पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखराको ओपिडि सेवा बन्द गरिएको छ । मंगलबारदेखी नै लागु हुने गरि कोभिड ओपिडि बाहेकको ओपिडि सेवा बन्द गरिएको अस्पतालका निर्देशक प्रा.डा भरत बहादुर खत्रीले जानकारी दिए ।
खत्रीले एक सुचना जारी गर्दै अस्पताललाई सम्पुर्ण रुपमा कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्ने गरि आवश्यक प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयले परिपत्र गरेपछि ओपिडि सेवा बन्द गरिएको जनाएका हुन् ।
कोरोनाका उपचार बाहेकको ओपिडि सेवा अर्को सुचना नआएसम्मका लागि बन्द गरिएको खत्रीले उल्लेख गरेका छन् ।




