गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ४१४ जना पुरुष र ३३० जना महिला गरि ७४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २६३ जना, गोरखाका ११ जना, नवलपुरका १३३ जना, म्याग्दीका ३८ जना, लमजुङका २३ जना, बाग्लुङका २१ जना, स्याङ्जाका ८८ जना, तनहुँका १०४ जना, पर्वतका ५९ जना मुस्ताङ र मनाङका २–२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३५५ पुगेको छ । आज मात्रै गण्डकीमा २० जनाको मृत्यु भएको छ । आज ६५३ जना निको भएर डिस्चार्ज भएका छन् ।




