कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १५ हजार ७४४ रहेको छ । ति मध्ये १ हजार ६९७ जना आइसियु र ४६७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्रै नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार १३५ जना निको भएका छन् ।




