कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १५ हजार ५४७ रहेको छ । ति मध्ये १ हजार ७२१ जना आइसियु र ८४८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्रै नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ६६४ जना निको भएका छन् ।




