गण्डकी प्रदेशमा थप ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ५०३ जना पुरुष र ४४३ जना महिला गरि ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २९५ जना, गोरखाका १७१ जना, नवलपुरका २५ जना, म्याग्दीका १८१ जना, लमजुङका ८ जना, बाग्लुङका ९५ जना, स्याङ्जाका ९० जना, तनहुँका ६१ ज्ना, पर्वतका १८ जना र मुस्ताङका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २८४ पुगेको छ । आज मात्रै गण्डकीमा १७ जनाको मृत्यु भएको छ । आज ६९९ जना निको भएर डिस्चार्ज भएका छन् ।




