कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १२९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १५ हजार ८०६ रहेको छ । ति मध्ये १ हजार ७३२ जना आइसियु र ५२३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्रै नेपालमा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ८४८ जना निको भएका छन् ।




