कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै स्याङ्जाका २ जना, पर्वतका ३ जना, तनहुँका ३ जना र नवलपुरका २ जनाले कोरोना भाइरसको संक्रमणका कारण आज ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण ४७१ जनाको मृत्यु भएको छ ।




