कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षर सहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरु पत्र दर्ता गरेर बाहिरिएका छन् ।
प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को ५ का लागि देउवाको नामसहित दाबी पेश गरिएको विपक्षी दलका नेताहरुले बताएका छन् ।
समर्थकमा माओवादी अध्यक्ष पुषपकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दुर्गा पौडेल रहेका छन् ।
उता आफुलाई विश्वासको मतका लागि प्रर्याप्त संख्या नपुग्ने देखिएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत १५३ सांसदको साथ रहेको भन्दै प्रधानमन्त्रीमा दावी पेश गरेका बुझिएको छ ।




