कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ८३४ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १६ हजार १९२ रहेको छ । ति मध्ये १ हजार ७१६ जना आइसियु र ५११ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्रै नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ८९० जना निको भएका छन् ।




