राष्ट्रियसभाको उप निर्वाचनमा संघियताविद् डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार निर्वतमान गृहमन्त्री राम बहादुर थापा बादललाई पराजित गरेका हुन् ।
निर्वाचनमा देवकोटाले ५०८८ मतभार पाएर विजयी भएका हुन् । उनि विपक्षी गठबन्धनका साझा उमेद्वार थिए । उनलाई नेकपा एमालेको माधव कुमार नेपाल निकट मानिन्छ । पराजित बादलको मन्त्रीपद आजैदेखी सर्वोच्च अदालतले काम गर्न बन्देज लगाईदिएको छ ।




