गण्डकी प्रदेशमा आज सवैभन्दा धेरै १ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ७५७ जना पुरुष र ६१५ जना महिला गरि १ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ३५३ जना, गोरखाका १५६ जना, नवलपुरका ९४ जना, म्याग्दीका २१ जना, लमजुङका १६ जना, बाग्लुङका ९ जना, स्याङ्जाका ६११ जना, तनहुँका ९३ जना, पर्वतका १८ जना र मुस्ताङ १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । आज मात्रै गण्डकीमा २१ जनाको मृत्यु भएको छ । सवैभन्दा धेरै कास्कीका ७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।




