कोरोना भाइरसको संक्रमणका कारण नेपालमा आज १९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
हाल सक्रिय संक्रमितहरुको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । ति मध्ये १ हजार ७४८ जना आइसियु र ४९२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । हाल राजधानी काठमाण्डौमा सवैभन्दा धेरै २४ हजार ३८९, भक्तपुरमा ४ हजार ७८३ र ललितपुरमा ६ हजार ८९५ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
आज मात्रै नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ५४३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार