कोरोना भाइरसको संक्रमणका कारण आज नेपालमा सवैभन्दा धेरै २४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो हालसम्म ज्यान गुमाउने दैनिक मृतकहरुको संख्या मध्ये अहिलेसम्म कै उच्च हो । यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।
यसअघि वैशाख २८ गते २२५ जनाले ज्यान गुमाएका थिए । अहिले सक्रिय संक्रमितहरुको संख्या १ लाख १४ हजार ३५८ रहेको छ । ति मध्ये १ हजार ६१८ जना आइसियु र ३८१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । हाल राजधानी काठमाण्डौमा सवैभन्दा धेरै २५ हजार ५८, भक्तपुरमा ४ हजार ८६० र ललितपुरमा ६ हजार ८१७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
आज मात्रै नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ९८९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार