कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा आज १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै बाग्लुङ्का ४ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् ।
यस्तै गण्डकी प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा रहेका बिरामीहरु मध्ये कास्कीका ३ जना, मुस्ताङ्का २ जना, नववलपुरका २ जना, तनहुँका २ जना, स्याङ्जा, पर्वत र गुल्मीका १–१ जना संक्रमितहरुले उपचारका क्रममा ज्यान गुमाएका छन् ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार