जिल्ला प्रशासन कार्यालय कास्कीले महामारीका बेलामा गरिने मानविय सेवा तथा सहयोगका कार्यहरु एकद्धार प्रणाली मार्फत संचालन गर्न आग्रह गरेको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, कतिपय संघसंस्थाबाट अस्पतालका कोभिड १९ बिरामी तथा नितका कुरुवाहरुलाई खानपानको व्यवस्थापन गर्ने, विपन्न असहायहरुलाई राहत वितरण गर्ने साथै आईसोलेसन सेन्टरहरु निर्माण तथा संचालन गर्ने जस्ता कार्यहरु संचालन गरेको भन्ने बुझिन आएको छ । त्यस्ता कार्यहरु एकद्धार नीति अन्तरगत जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिडिसिएमसी) को निर्णय अनुसार स्थानिय तहको समन्वयमा मात्र संचलन गर्नुपर्ने राष्ट्रिय नीति छ ।”
विज्ञप्तीमा यस्ता प्रकारका सामाजिक कार्यहरु संचालन गर्दा (डिडिसिएमसी) को सहमति र स्थानिय तहको समन्वयमा मात्र संचालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित सवैलाई अनुरोध गरिएको छ ।




