२८ औं मदन आश्रित स्मृति दिवस आज तत्कालिन पार्टीका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गरि मनाईदैछ । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल’, नेताहरु सुभाषचन्द्र नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी भएका थिए ।
यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव भण्डारी र नेता आश्रितको मृत्यु भएको थियो ।
एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट मदन नगर’ नामाकरण गरेको छ ।




