गण्डकी प्रदेशमा आज थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ४५५ जना पुरुष र ४०५ जना महिला गरि ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ४०८ जना, नवलपुरका १४२ जना, म्याग्दीका ८४ जना, लमजुङका ७९ जना, बाग्लुङका ६२ जना, स्याङ्जाका ३५ जना, तनहुँका २३ जना, पर्वतका २१ ज्ना र मनाङका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ६६५ पुगेको छ । आज मात्रै गण्डकीमा २४ जनाको मृत्यु भएको छ । सवैभन्दा धेरै कास्कीका ९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार