गण्डकी प्रदेशमा प्रतिदिन १ हजार ४८९ सिलिन्डर अक्सिजन उत्पादन भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा रहेका विभिन्न अक्सिजन प्लान्टहरु मार्फत दैनिक १ हजार ४८९ सिलिन्डर उत्पादन हुदै आएकामा हाल ८४६ सिलिन्डर मात्र खपत भैरहेको छ । सवैभन्दा धेरै गण्डकी मेडिकल कलेजले २३१ सिलिन्डर खपत गर्दै आएको छ भने, धौलागिरी अस्पतालमा १ सय र मणिपाल शिक्षण अस्पतालमा ९० सिलिन्डर खपत हुदै आएको छ ।
यसैगरि प्रदेशका विभिन्न अस्पतालहरुमा पनि अक्सिजन खपत हुदै आएको छ । हाल गण्डकी प्रदेशमा ५ हजार ६३२ अक्सिजन सिलिन्डरहरु रहेका छन् ।





