गण्डकी प्रदेशमा आज ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीका ३८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विवरण अनुसार बाग्लुङका ९९ जना, पर्वतका ९२ जना, स्याङ्जाका ६१ जना, गोरखाका ४९ जना, लमजुङ २६ जना, नवलपुर र तनहुँ २४–२४ जना, म्याग्दीमा १२ जना, मनाङमा २ र मुस्ताङ्का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ३७१ जना महिला र ४०६ जना पुरुष रहेका छन् ।आज मात्रै कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ ।
कास्कीका ९ जना, स्याङ्जाका ७ जना, तनहुँका ३ जना, बाग्लुङ्, नवलपुर र लमजुङ्का २–२ जना, मुस्ताङ, म्याग्दी र गोरखाका १–१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार