नवलपुरका ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा गरिएको नमुना परिक्षणमा ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार देउचुलीका १० जना, मध्यविन्दुका ७ जना, कावासोतीका २३ जना, हुप्सेकोटका ३ जना, गैँडाकोटका ३ जना र विनयत्रिवेणीका २ जना गरि नवलपुरका ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




