कास्कीका १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार मादीका ८ जना, अन्नपुर्णका १ जना, रुपका ३ जना र पोखरा महानगरपालिकाका १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




