नवलपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार नवलरपुरको बुलिङटारका १ जना, देवचुलीका १३ जना, मध्यविन्दुका ८ जना र कावासोतीका २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




