गण्डकी प्रदेशमा आज २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा बाग्लुङका ७१ सहित प्रदेशका विभिन्न जिल्लाहरुमा गरि २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार बाग्लुङ्मा ७१ जना, कास्कीमा ४६ जना, नवलपुरमा ३९ जना, गोरखामा २१ जना, स्याङ्जामा १४ जना, पर्वतमा ५ जना, मनाङ्मा ३ जना र तनहुँ र लमजुङ्मा २–२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज ६३ जना निको भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या २ हजार १८३ रहेको छ । हालसम्म २३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार