गण्डकी प्रदेशमा आज ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्कीका ७९ सहित प्रदेशका विभिन्न जिल्लाहरुमा समेत गरि ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीका ७९ जना, नवलपुरका १५, तनहुँका ५, स्याङ्जा र बाग्लुङ्का ४–४ जना, लमजुङका २, गोरखा, पर्वत र म्याग्दीका १–१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
आज ५९ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल गण्डकीमा कोरोना भाइरसका सक्रिय संक्रमतिहरुको संख्या १ हजार ३४० रहेको छ । उनिहरु मध्ये १ हजार २७२ जना होम आईसोलेसनमा रहेका छन् ।
हालसम्म १८ हजार ३७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




