कोरोना भाइरसको संक्रमण रोकथामका खातिर कास्की प्रशासनले जारी गरेको आदेशानुसार संचालनमा प्रतिबन्ध लगाईएका सयौ सवारी साधानहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नियमानुसार आज बिजोर नं. प्लेटभएका सवारी साधान संचालनको अनुमति छ । तर, सो नियमको उल्लघंन गर्दै जोर नम्बरका सवारीहरु संचालन गरेको पाईएकाले नियन्त्रणमा लिईएको कास्की प्रहरीले बताएको छ ।
पोखराका मुख्यचोकहरुमा अहिलेपनि निमय कार्यान्वयनको अवस्थाका बारेमा प्रहरीले कडा निगरानी र कार्वाही जारी राखेको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएपछि स्थानिय प्रशासनले केही स्थानिय शासन ऐन र सरुवा तथा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही अगाडी बढाएको हो ।

पछिल्लो पटक गण्डकी प्रदेशको राजधानी पोखरामा दैनिक सयको हाराहारीमा कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परिरहेका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बजारमा मानिसहरुको भीड कम गर्नका लागि अत्यावश्यक बाहेका सेवाहरु बन्द गरिएका छन् ।
र, नागरिकहरुलाई समेत अनावश्यक रुपमा घर बाहिर ननिस्कन स्थानिय प्रशासन अपिल गरेको छ । स्वास्थ्य अधिकारीहरुले भने, आवश्यक स्वास्थ्यका मापदण्डहरुको परिपालना गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा २१५ जना बढिको मृत्यु भैसकेको छ ।
हल एक हजार बढि संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार