नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य ओमकला गौतमले बहुमतको शासन लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् । अल्पमतमा परेपछि विभिन्न खालका उखान टुक्काहरुको साहारा लिएर सत्तामोहको आशय प्रकट गर्नु लोकतन्त्रको उपहास बाहेक केही नहुने उनले टिप्पणी गरिन् ।
कोरोना महाहारीको रोकथाम र व्यवस्थापनमा समेत सरकार जनताको अपेक्षा अनुसार अगाडी बढ्न नसकेको उनले आरोप लगाईन् । उनले लोकतन्त्रको रक्षाका लागि अविस्वासको पक्षमा मतदान गर्न सत्ता पक्षलाई समेत आग्रह गरिन् ।
धरहरा ठडिदै गर्दा नेपाली जनताको शिर भने झुकिरहेको उनले उल्लेख गरिन् । भ्रष्टाचारका सम्बन्धमा यो सरकार पनि दुधले नुहाएको छ, भन्न नमिल्ने उनले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार