प्रदेशसभामा कोरोना परिक्षणको माग गर्ने नेकपा एमालेका प्रदेहसभा सदस्य राजिव पहारी सहित तिन जना प्रदेशसभा सदस्य र एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदशेसभाका सदस्यहरु, कर्मचारी र सुरक्षाकर्मी समेत १५३ जनाको पिसिआर परिक्षण गरिएकामा ३ जना सांसद र १ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा नेकपा एमालेका पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी मन कुमारी गुरुङ तथा कर्मचारी सुष्मा गुरुङ रहेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध अविस्वासको प्रस्ताव पेश भएपछि छलफलका लागि बोलाईएको प्रदेशसभा बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य पहारी आफैले पिसिआर परिक्षण नभए सम्म सभा नचल्ने भन्दै विरोध जनाएपछि सत्ता पक्षले मंगलबारको बैठक अवरुद्ध गरेको थियो ।
सत्ता पक्षको माग अनुसार हिजै नमुना संकलन गरिएको र बुधबार बिहान रिपोर्ट सार्वजनिक गरिएको निर्देशनालयले जनाएको छ । आजका लागि तोकिएको प्रदेशसभा बैठक पनि सुचारु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार