गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रदेहसभा सदस्य खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न र उनको जिवन रक्षाको माग गर्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविस्वासको प्रस्ताव माथी छलफल सकिएर मुख्यमन्त्रीले जवाफ दिने कार्यसुचि रहेको थियो । त्यसपछि अविस्वासको प्रस्तावलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचि थियो । तर, ४ः३० बजेका लागि तोकिएको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार