कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनाल गण्डकीका अनुसार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका बाग्लुङ नगरपालिका वडा नं. ११ की ६१ वर्षीय कोरोना संक्रमित महिलाको गयराति सवा बाह्र बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै कोरोना भाइरसको संक्रमणका कारण भरतपुर अस्पताल चितवनमा उपचार गराइरहेका गोरखा नगरपालिका वडा नं. १४ का ५५ वर्षीय एक पुरुषको मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार