गण्डकी प्रदेशमा आज ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ९७ सहित प्रदेशभरी ११३ जनामा कोरोनाका नयाँ संक्रमितहरु फेला परेका हुन् ।

विवरण अनुसार पोखरामा ९७ जना, बाग्लुङमा ४ जना, नवलपुर र तनहुँमा ३–३ जना, स्याङ्जा र पर्वतमा २–२ जना र लमजुङ र म्याग्दीमा १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज मात्र ३९ जना निको भएका छन् । गण्डकीमा संक्रिय संक्रमितको संख्या १ हजार ९ पुगेको छ ।
संक्रमितहरु मध्ये ८८२ जना होम आईसोलेसनमा रहेका छन् । आजै गण्डकीका २ जनाको मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपचार गराईरहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का ८३ वर्षीय एक पुरुष र गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ५ की ६७ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार