फेवातालको बाँध मर्मतका लागि पानीको सहत घटाईएपछि ताल छेउमा अतिक्रमण अस्वाभाविक रुपमा बढेको छ । विभिन्न वाहानामा ताल किनारका क्षेत्रहरुमा भौतिक संरचनाहरु निर्माण भैरहेका छन् ।
तर, फेवातालको मापदण्डभित्र निजि जग्गा भएपनि कुनै प्रकारको स्थायी संरचना निर्माण गर्न नपाईने पोखरा महनगरपालिकाका प्रवक्ता धन बहादुर नेपाली बताउँछन् । प्रवक्ता नेपाली भन्छन्, “तालको मापदण्ड क्षेत्र भित्र आफ्नै निजि जग्गा भएपनि स्थायी संरचना निर्माण गर्न बन्देज छ ।” अदालतको फैसला र विभिन्न अध्धयनहरुका आधारमा तत्कालका लागि यो क्षम्य नहुने उनले बताए ।
पोखरा १८ खपौदीका स्थानिय विजयराज आचार्यले तालछेउमा निर्माण गरेको रिटेनिड्ड वाल भत्काउन पुगेको डोजरलाई विनाकारण रोक्नु र सार्वजनिक सरोकारको सम्पदा माथी अतिक्रमणको प्रयास गर्नु कानुनतः दण्डनिय हुने प्रवक्ता नेपालीको भनाई छ । सो क्रममा स्थानिय र प्रहरीका विचमा धकेलाधकेल समेत भएको छ ।

उक्त स्थानमा सम्पदा संरक्षण र सार्वजनिक सरोकारका विषयहरुमा आवाज उठाउदै आएका नागरिक अगुवाहरुलाई समेत आक्रमणको प्रयास गरिएको अभियन्ताहरुको आरोप छ । फेवातालको संरक्षणका पक्षमा निरन्तर आवाज उठाउदै आएका अभियन्ता राम बहादुर पौडेल लेख्छन्, “अतिक्रमणकारी र अराजकहरुको अगाडि प्रहरी र महानगर नै निरीह भइदिएपछि नागरिक समाज र पत्रकारको के लाग्दो रैछ र…” । तर, पनि उनले फेवाताल लगायत राष्ट्रिय सम्पदाहरुको संरक्षणका पक्षमा उभिंदा जस्तोसुकै अपमान खेप्नुपरे पनि स्विकार्य हुने बताएका छन् ।
हालैमात्र फेवाताल सिमांकन तथा नक्सांकन समितिले फेवातालको पछिल्लो वस्तुस्थितीलाई समेटेर तयार गरिएको प्रतिवेदन नेपाल सरकार लगायतका सरोकारवाला निकायहरुलाई बुझाएको छ । उक्त प्रतिवेदनमा तालको आकार निकै घटेको देखाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार