सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । ्आज खान छुटेकालाई भोली पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार