गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान गरेका छन् । काँग्रेस सहितका तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेपछि उनिहरुको माग अनुसार प्रदेश प्रमुख शेरचनले यही वैशाख १३ गते १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका हुन् ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए । तर, पनि मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव भने दर्ता भएको छ । निकै बलियो भनिएको गण्डकी प्रदेश सरकार माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सर्मथन फिर्ता लिएपछि संकटमा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार