गण्डकी प्रदेशमा आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वजास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोेगशालाहरुमा गरिएको नमुना परिक्षण्मा प्रदशेका ९ जिल्लामा आज कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका हुन् ।
विवरण अनुसार कास्कीमा सवैभन्दा धेरै ४६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै तनहुँमा ६ जना, स्याङ्जा र पर्वतमा ४–४ जना, नवलपुरमा २ जना र बाग्लुङ, लमजुङ्, गोरखा र म्याग्दीका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा पछिल्लो पटक दैनिक सयको हाराहारीमा कोरोयना संक्रमितहरु थपिएका छन् । आज कास्कीमा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । २७ जना निको भएर घर फर्किएका छन् । हाल ५५२ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये ५१३ जना होम आइसोलेसनमा बसेका छन् ।
यसैबिच सरकारले भोलीदेखी मुख्य शहरका स्कुलहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार